• homeicon mailicon

Sunday

  • Bani Khabar 12:00 PM
  • Saurani 12:15 PM
  • Ramaroshan Sangeet 05:25 AM
  • Prabhat Bani 05:30 AM
  • Sajha Khabar 06:00 AM
  • Bani Bahas 06:30 AM
  • Subha Prabhat 07:00 AM
  • Health massage 07:30 AM
  • Ramaroshan Raibar 08:00 AM
  • Sudoor Sawal 08:10 AM
View All

Opinion Poll :

चाँडबाड तथा मेलाको बेलामा हुने विबाद हुन नदिन के गर्नुपर्ला ?

सुरक्षा व्यवस्था कडा गर्नुपर्ने
मेला व्यवस्थापन समिती सक्रिय हुनु पर्ने
हरेक व्यक्ती आफै अनुसासित हुनु पर्ने

Video Gallery :

News
Dec 11, 2012
नेपाल ईतिहासमै कम्जोर राष्ट्र भएको महासमिती सदस्य बिष्टको भनाई ।।
नेपाल ईतिहासमै कम्जोर राष्ट्र भएको महासमिती सदस्य बिष्टको भनाई ।।
पूर्ण खड्का, मंसिर २६ अछाम
नेकपा माओवादी कारण देशमा गणतन्त्रको संस्थागत विकास हुन नसकेकाले नेपाल ईतिहासमै कम्जोर राष्ट्र भएको बताउनु भएको छ । नेपाली कांग्रेस गाँउ कार्य समिती कालिकास्थानको हिजो भएको प्रथम गाँउ सम्मेलनमा प्रमुख अथितिको आसनबाट बोल्दै बिष्टले सो कुरा बताउनु भएको हो । साथै उहाँले माओवादीले गरेको राजनितिक बेईमानीका कारण देशमा संबिद्यान बन्न नसकेको आरोप लगाउनु भएको छ । कार्यक्रममा बिशिष्ट अथिति महा महासमिती सदस्य देवराज देवकोटा, अम्बिका चलाउने लगायतले मन्तव्य राख्नु भएको थियो । गाउँ कार्य समिती कोषाध्यक्ष मोहन बिष्को स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन नेविसंघ जिल्ला उपसभापति भरत बटालाले गर्नुभएको थियो । यस्तै जहाँ स्कुल त्यहाँ नेविसंघ हाम्रो अभियान, वैज्ञानिक र व्यवहारिक शिक्षा यूगको आव्हान भन्ने नाराका साथ बिद्याप्रबोधनी उमावि घोडासैनमा नेपाल बिद्यार्थी संघको ईकाई कमिटी गठन गरिएको छ । आज भएको बिद्यार्थीको एक भेलाले खगेश भण्डारीको सभापतित्वमा ५१ सदस्यि कमिटी गठन गरिएको हो । जसमा उपसभापति दिपक बिष्ट, पवित्रा बिष्ट, सचिवमा जीवन बिष्ट, कोषाध्यक्ष जमुना बिष्ट लगायतका सदस्य रहेका छन । उक्त कार्यक्रममा नेपाली कांग्रेस गाउ कार्य समिती सभापति बम भण्डारी नेविसंघ जिल्ला सदस्य रविन्द्र शाही, तारा बिष्ट, जाल्पा उमाविका पूर्व अध्यक्ष खड्क बिष्ट तरुण दलका बसन्ती बिष्ट लगायतको उपस्थिति रहेको थियो । यस्तै चक्रेश्वरी मावि मष्टाबण्डाीमा चक्र प्रसाद बजगाईको सभापतित्वमा ४५ सदस्यि नेविसंघ ईकाई कमिटी गठन गरिएको छ । जसको उपसभापतिमा जमुना रावत, सचिवमा राजेश बिक, कोषाध्यक्ष दिपा रावत लगायतका सदस्य रहेका छन । कार्यक्रममा नेविसंघ जिल्ला सदस्य रविन्द्र शाही, तारा बिष्ट, नेपाली कांग्रेस गाउ कार्य समिती कोषाध्यक्ष एकेन्द्र रावत, नेविसंघका खड्क बिष्ट लगायतको उपस्थिति रहेको थियो