• homeicon mailicon

Sunday

  • Bani Khabar 12:00 PM
  • Saurani 12:15 PM
  • Ramaroshan Sangeet 05:25 AM
  • Prabhat Bani 05:30 AM
  • Sajha Khabar 06:00 AM
  • Bani Bahas 06:30 AM
  • Subha Prabhat 07:00 AM
  • Health massage 07:30 AM
  • Ramaroshan Raibar 08:00 AM
  • Sudoor Sawal 08:10 AM
View All

Opinion Poll :

चाँडबाड तथा मेलाको बेलामा हुने विबाद हुन नदिन के गर्नुपर्ला ?

सुरक्षा व्यवस्था कडा गर्नुपर्ने
मेला व्यवस्थापन समिती सक्रिय हुनु पर्ने
हरेक व्यक्ती आफै अनुसासित हुनु पर्ने

Video Gallery :

News
Sep 24, 2012
महिला हिंसा

पूर्ण बहादुर खड्का

अछाम, २५ मंसिर
       महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहँदा अछाम जिल्लामा पाँच महिला हिंसाका घटना प्रहरी र महिला तथा बालबालिका कार्यालयमा दर्ता भएका छन् ।
     अभियान चलेकै क्रममा पहिलो घटना महिला तथा बालबालिका कार्यालयमा दर्ता भएको थियो भने त्यसपछि विभिन्न मितिमा गरी अहिले सम्म पाँच घटना जिल्लामै पुगिसकेका प्रहरीले जनाएको छ । जिल्लाको जुपु गाविस– ७ की एक किशोरीले आफ्नो ईच्छा विपरीत अर्कै केटासंग विबाह गरीदिएको र पछि श्रीमानको घर परिवारबाट शारीरीक तथा मानसिक हिंसा खेप्नु परेको भन्दै महिला तथा बालबालिका कार्यालयमा मुद्दा दर्ता गरेकी छन् ।
       आफ्नो दलित केटासंग प्रेम सम्बन्ध रहेको र त्यो कुरा घर परिवारले थाहा पाएपछि अर्कै केटासंग कैलालीको टिकापुरमा विबाह गराई दिएकोमा श्रीमान र उनको घरबाट नराम्रो व्यवहार हुँदै आएकोले सहन नसकि अछाम फर्केको पीडित १९ वर्षिया किशोरी मीना कडायत (नाम परीवर्तन) ले बताईन् । घरमा गएपनि बुवा आमाले राम्रो नगर्ने भन्दै उनले आफ्नो घरमा नजाने अडान गरेकी थिईन् । पछि उनलाई काकाको जिम्मा लगाईएको महिला विकास अधिकृत ईन्दिरा आझोले बताईन ।
      दोस्रो घटना सल्यान घर भएकी एक महिलाले बिहे गर्छु भनी अछामकै एक केटाले अछाम ल्याएको र पछि अलपत्र पारेको भन्दै महिला तथा बालबालिका कार्यालयमा निवेदन दिएकी छिन । उनले आफुलाई सल्यान पुग्नको लागि खर्च उपलब्ध गराईदिन अनुरोध गरेकाले चार हजार नगद दिएर घर पठाउन सहयोग गरेको कार्यालयले जनाएको छ ।
      तेस्रो घटना बाटुलासैन गाविसकी ६० बर्षिया लक्ष्मी बिष्टले आफ्नै घरपरिवारका सदस्यले कुटपीट गरेको भन्दै महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । उनको निवेदनपछि उनका घरपरिवारका सदस्यलाई बोलाएर मिलापत्र गरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती महिलाका अनुसार उनका छोराहरुले पिटने गरेका थिए ।
     चौथो घटना अछामको बारला–४ की २४ बर्षिया कुश्मा शाहीले आफ्नै श्रीमान बिरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा वहुविवाहको मुद्दा दर्तागराएकी छिन् । जिल्लाकै बान्नातोली–७ की पार्वती शाहीसंग दोस्रो बिहे गरेर आफू र अढाई बर्षिया छोरीलाई अलपत्र पारेको भन्दै उनले मुद्दा दर्ता गरेकी छिन् । कुश्माले न्यायका लागि पहल गरिदिन मंसिर १४ गते महिला तथा बालबालिका कार्यालयमा निवेदन दिएकी थिईन् । महिला तथा बालबालिका कार्यालयले आवश्यक छानविन गरि कानुनी कारबाहीका लागि जिल्ला प्रशासनलाई मंसिर १५ गते सिफारिस सहितको पत्र पठाएको थियो ।
यस बीचमा मिलापत्रको लागि धेरै पटक प्रयास गरिए पनि असफल भएपछि मुद्दा दर्ता गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम पौडेलले जानकारी गराए ।
     कुश्माले आफू र छोरीको लालनपालनमा समस्या रहेको बताईन् । कुश्मा र धुव्रको २०६६ भदौ २४ गते प्रेम बिबाह भएको थियो । प्रहरीले धुव्रको खोजी भैरहेको जनाएको छ ।पाँचौ घटना जिल्लाको जनालीवण्डाली गाविस– १ का नाउटे भण्डारीले मंसिर २३ गते राती आफ्नै श्रीमतीलाई कुटपीट गरेको भन्दै उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । ६० बर्षिया भण्डारीले ५५ बर्षिया श्रीमतीमाथि कुटपिट गरेका थिए । जाहेरीेपछि प्रहरीले पीडक भण्डारीलाई पक्राउ गरी एक रात थुनामा राखेर फेरि त्यसो नगर्ने भनि कागज गराएर छोडेको अछामका प्रहरी प्रमुख पौडेलले बताए ।
   महिला हिंसा विरुद्धका कतिपय घटना सार्वजनिक नै नभएको जिल्लास्थित मानवअधिकारकर्मीले बताएका छन् । जतिसुकै ठुलो घटना भएपनि गाउँमै मिलाउने चलन भएको अछामका पत्रकार विनोद थापाले बताए । धेरै घटना सम्बन्धित निकायसम्म नपुग्ने र  हिंसा सहेर बस्न बाध्य भएका घटना जिल्लामा  थुप्रै रहेका उनको भनाई छ । महिलाको सम्पत्ति माथिको अधिकार नहुनु, आत्म निर्भर नहुनु तथा हिंसा भएपनि महिलाले सहने प्रवृत्ति रहेकोले घटना न्यूनिकरण हुन नसकेका महिला अधिकारकर्मी सरीता उपाध्यायको भनाई छ ।
     वि.सं. २०४४ सालदेखि नेपालको एकमात्र मदिरा निषेधित जिल्लाका रुपमा रहेको अछाम जिल्लामा गत फागुन १ गतेदेखि मदिरा ऐन २०३० अनुसार कारोवार गर्न पाउने जिल्लाको सर्वदलिय बैठकले निर्णय गरेपछि मदिरा खुल्ला भएको छ । त्यस यता मदिराकै कारण महिला हिंसाका घटनामा बृद्धि आएको चण्डीका गाविसका हर्क कुँवरको भनाई छ