• homeicon mailicon

Sunday

  • Bani Khabar 12:00 PM
  • Saurani 12:15 PM
  • Ramaroshan Sangeet 05:25 AM
  • Prabhat Bani 05:30 AM
  • Sajha Khabar 06:00 AM
  • Bani Bahas 06:30 AM
  • Subha Prabhat 07:00 AM
  • Health massage 07:30 AM
  • Ramaroshan Raibar 08:00 AM
  • Sudoor Sawal 08:10 AM
View All

Opinion Poll :

चाँडबाड तथा मेलाको बेलामा हुने विबाद हुन नदिन के गर्नुपर्ला ?

सुरक्षा व्यवस्था कडा गर्नुपर्ने
मेला व्यवस्थापन समिती सक्रिय हुनु पर्ने
हरेक व्यक्ती आफै अनुसासित हुनु पर्ने

Video Gallery :

News
Sep 24, 2012
शक्तिपीठमा बलि दिने घटेपछि धनगढीमा खसीबोकाको व्यापार घट्दो

धनगढी, कात्तिक - चाडपर्वको चहलपहलसँगै यहाँ ठूलोरूपमा हुँदै आएको खसीबोकाको कारोबार यस वर्ष ह्वात्तै घटेको छ। बडादसैँका बेला शक्तिपीठहरूमा बोकाको बलि दिनेहरू विस्तारै घट्दै गएकाले दसैँको समयमा हुने खसीबोकाको कारोबार यस वर्ष घटेको व्यापारीले बताएका छन्। 

"नरिवल, कुभिन्डोलगायतका वस्तुको बलि दिने चलन आउन थालेपछि बलिकै लागि भनेर बोका किन्नेहरू घट्दा व्यापार त्यति हुन सकेन"- कैलालीको निगाली गाविसका व्यापारी प्रेम आचार्यले भने।

धनगढी नगरक्षेत्रमा बर्सेनि बडादसैँका बेला करिब एक हजार खसीबोकाको कारोबार हुँदै आएकामा यस वर्ष माग घटेर करिब ७०० खसीबोका खरिद बिक्री भएको अनुमान गरिएको स्थानीय बजारमा बोका बिक्री गर्दै गरेका निगालीका अर्का व्यापारी ठक्करबहादुर थापाले बताए।

दसैँका बेला गरिने दुर्गाभवानीको पूजाका क्रममा कुनै खोट नलागेको कालो बोकाको बलि दिने चलन हिन्दु समाजमा विद्यमान रहेको छ। यद्यपि कतिपय ठाउँमा पछिल्लो केही वर्षदेखि बोकाको बलि दिने चलन हराउन थालको बताइएको छ।

समय समयमा हुने गरेका धार्मिक सत्सङ्ग प्रवचनलगायतका कार्यक्रममार्फत पशु बध गरेर बलि दिने काम अनुचित हो भन्ने चेतना सर्वसाधारणमा आउन थालेको तथा साकाहारीहरू क्रमशः बढ्दै गएका कारण पनि बलि दिन मासुका लागि विभिन्न जनावरको बध गर्ने प्रवृत्ति हट्दै गएको पाइएको व्यापारी आचार्यको भनाइ छ।

बर्सेनि हरेक वस्तु सेवामा बढ्दै गएको महँगीका कारण खसीबोकाको भाउ पनि बढेसँगै सबैसँग बोका खरिद गर्न सक्ने क्षमता नहुँदा पनि यसको व्यापार अपेक्षाकृतरूपमा बढ्न नसकेको बताइन्छ।

स्थानीय बजारमा कैलालीको पहाडी क्षेत्रका गाविसका साथै बैतडी, डोटी डडेल्धुरा जिल्लाबाट खसीबोका बिक्रीका लागि ल्याउने गरिएको छ। "गएको वर्ष दसैँमा ४०० खसीबोका बेचेका थियौँ यो दसैँमा मुस्किलले २२५ खसीबोका बेच्न सक्यौँ"- व्यापारी थापाले भने। सङ्ख्यात्मकरूपमा खसीबोकाको खरिद बिक्री घटेको भए पनि यो व्यापारबाट आम्दानी भने राम्रै हुने गरेको ती व्यापारीको अनुभव छ।

शक्तिस्वरूप देवीले कालो शरीरमा कुनै खोट नभएको बोका बलिका रूपमा खान्छन् भन्ने सामाजिक मान्यताअनुरूप दसैँका बेला सर्वसाधारणले सकभर कालो बोका नै खरिद गर्ने गर्छन्।

यतिबेला जिउँदो बोका प्रतिकिलो रु २५० मा खरिद बिक्री हुँदा एक बोका रु चार हजारदेखि रु १२ हजारसम्ममा बिक्री हुने गरेको छ। ३५ किलोभन्दा बढी तौलका खसीबोका भने बिक्रीका लागि नेपालगन्ज काठमाडौँसम्म पठाइने गरेको बताइएको छ।

यसैबीच खसीबोकाको कारोबारसँगै एक हप्तायता मासुको मूल्य बढेर प्रतिकिलो रु ४५० बाट रु ५०० पुगेको छ।

कैलालीका पहाडी क्षेत्रको निगाली, सहजपुर, खैराला, पण्डौन, सुगरखाल गाविसमा अधिकांश परिवारको मुख्य व्यवसाय नै बाख्रापालन रहेको छ। यी गाविस क्षेत्रमा परम्परागतरूपमा गर्ने गरिएको बाख्रापालनबाट स्थानीय कृषकले वर्षभरिमा रु ४५ देखि रु ५० लाख बराबरका खसीबोकाको कारोबार गर्ने गरेका छन्।