• homeicon mailicon

Sunday

  • Bani Khabar 12:00 PM
  • Saurani 12:15 PM
  • Ramaroshan Sangeet 05:25 AM
  • Prabhat Bani 05:30 AM
  • Sajha Khabar 06:00 AM
  • Bani Bahas 06:30 AM
  • Subha Prabhat 07:00 AM
  • Health massage 07:30 AM
  • Ramaroshan Raibar 08:00 AM
  • Sudoor Sawal 08:10 AM
View All

Opinion Poll :

चाँडबाड तथा मेलाको बेलामा हुने विबाद हुन नदिन के गर्नुपर्ला ?

सुरक्षा व्यवस्था कडा गर्नुपर्ने
मेला व्यवस्थापन समिती सक्रिय हुनु पर्ने
हरेक व्यक्ती आफै अनुसासित हुनु पर्ने

Video Gallery :

News
Sep 24, 2012
हात्ती धपाउन चार राउण्ड हवाई फायर

विक्रम गिरी, महेन्द्रनगर, कार्तिक - जङ्गली हात्ती गाउँमा पसेपछि कञ्चनपुरमा सशस्त्र प्रहरीले हात्ती धपाउन चार राउण्ड हवाई फायर गरेको छ। कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवामा २५/३० को संख्यामा आएका जङ्गली हात्तीले आतङ्क मच्चाएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको हो। केही समय यता हात्तीको बथान गाउँ पसी घर भत्काउन थालेको छ। रैकवार विचवा गाविस- मा घर भत्काउन थालेपछि स्थानियले हात्ती थपाउन प्रहरीलाई गुहारेका हुन्। हात्तीको बथान धपाउन सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीवाट एउटा टोली हतियार सहित रैकवार विचवा गएको प्रहरी निरीक्षक पुष्कर सिंहले बताए। भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको बथान एक महिनादेखि दक्षिणी क्षेत्रका शंकरपुर, रैकवार विचवा, देखतभुली लगायतका गाविसमा आतङ्ग मच्चाउँदै आएको छ। हात्तीले उक्त क्षेत्रमा धानबाली तथा उखुबाली नष्ट गरेको छ।